महिलाहरूलाई ड्राइभिङ लाइसेन्स नदिने तालिबानको आदेश
काबुल । अफगानिस्तान तालिबान शासन महिलाहरूका लागि नरकमा परिणत भएको छ। तालिबानले जसरी पनि महिलाहरूलाई स्वतन्त्र देख्न सक्दैन । अब यो शासन महिलाहरूले सवारी साधन नचलाउन् भन्ने चाहन्छ।
नयाँ आदेश जारी गर्दै तालिबानले महिलालाई सवारी चालक लाइसेन्स नदिन निर्देशन दिएको छ । अफगानिस्तान एक रूढीवादी र पितृसत्तात्मक देश हुन सक्छ, तर हेरात जस्ता धेरै ठूला सहरहरूमा महिलाहरूले कार चलाउनु सामान्य कुरा हो। हेरात लामो समयदेखि अफगानिस्तानको उदार सहरहरूमा गनिन्छ।
हेरातको ट्राफिक व्यवस्थापन संस्थानका प्रमुख जान आगा अचकजाईले मौखिक रूपमा तालिवानले आफुहरूलाई महिलाहरूलाई लाइसेन्स नदिने आदेश दिएको बताए। ट्रेनिङ इन्स्टिच्युट चलाउने २९ वर्षीया ड्राइभिङ इन्स्ट्रक्टर अदिला अदिलले भनिन्, ‘तालिबानले आफ्ना आमाहरूले पाएको स्वतन्त्रताको भावी पुस्ताका बालबालिकाले नपाउन् भन्ने चाहन्छ। हामीलाई तालिबानले ड्राइभिङ सिकाउन वा ड्राइभिङ लाइसेन्स जारी नगर्न भनिएको छ।’
इद उल फित्रको दिन किनमेल गर्न बजार गएको बेला त्यहाँका एक तालिबानी गार्डलाई ड्राइभरसँग बस्नुभन्दा आफैं गाडी चलाउनु सुरक्षित भएको बताएको शैमा वाफाले भनिन् । ‘मेरो लागि ड्राइभ गर्नु पनि महत्त्वपूर्ण छ ताकि यदि म मेरो परिवारलाई डाक्टरकहाँ लैजान चाहन्छु भने मलाई मेरो भाइ वा श्रीमानलाई पर्खनु पर्दैन’ उनले भनिन् । वर्षौंदेखि सवारी चलाउँदै आएकी परी याकुबीले कुनै पनि सवारीसाधनमा पुरुष वा महिलाले मात्र चलाउन मिल्ने नलेखिएको बताइन् ।
गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तान पुनः कब्जा गर्यो। तालिबान सन् १९९६ देखि २००१ सम्म सत्तामा थियो, त्यसबेला मानवअधिकार हनन धेरै भएको थियो। तालिबानले गत कार्यकालको तुलनामा यस पटक आफ्नो शासन उदार हुने वाचा गरेको थियो । तर उनीहरुमा कुनै परिवर्तन देखिएको छैन । तालिबानद्वारा अफगान महिलाहरूको अधिकारमाथि आक्रमण गरियो र उनीहरूलाई विद्यालय र सरकारी जागिरमा फर्किनबाट रोकियो।







डिसी नेपाल







Facebook Comment