एक राउण्ड गोली र सालकको खपटासहित तीन जना पक्राउ

डिसी नेपाल
२२ वैशाख २०७९ १२:२९
72
Shares

काठमाडौं। काठमाडौं महानगरपालिका–१२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने धनकुटा पाख्रिबास नगरपालिका–८ घर भएका ५७ वर्षीय मण्डल गिरी रहेका छन्। उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा लुकाई राखेको अवस्थामा उक्त गोली र वस्तुसहित उनलाई पक्राउ गरेको हो।

यसैगरी काठमाडौं महानगरपालिका–३१ शान्तिनगरस्थित युनिभर्सल लन्च एण्ड बार होटलबाट करिब ४ किलो ५ सय ग्राम सालकको खपटासहित दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा काठमाडौं चाबहिल बस्ने सर्लाही बाग्मती नगरपालिका–३ घर भएका ३२ वर्षीय सुबिलाल सिङ्तान र काठमाडौं थलि बस्ने ओखलढुङ्गा सुनकोशी गाउँपालिका–२ घर भएका २१ वर्षीय सुवास बिष्ट रहेका छन्।

प्रहरी वृत्त नयाबाँनेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त खपटा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.