ललितपुरमा बलात्कारको उजूरी गर्न आएकी बालिकालाई चौकीमै बलात्कार गर्ने थानाप्रमुख पक्राउ

डिसी नेपाल
२२ वैशाख २०७९ १०:४१
2.1k
Shares

काठमाडौं । उत्तर प्रदेशको ललितपुरको प्रहरी चौकीमा बलात्कारको उजुरी गर्न आएकी बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका एसएचओ प्रयागराजबाट पक्राउ परेका छन् । एडीजी (कानून व्यवस्था) प्रशान्त कुमारले यसको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ।

युपीको ललितपुरमा १३ वर्षीया बालिकालाई चारजनाले बलात्कार गरेको आरोप लागेको छ । त्यसपछि उजुरी दिन प्रहरी चौकी पुगेकी बालिकालाई एसएचओले पनि बलात्कार गरेका थिए ।

समाचार एजेन्सी पीटीआईका अनुसार कानपुर जोनका एडीजी भानु शंकरले झाँसीका डीआईजी जोगेन्द्र कुमारलाई यस विषयमा छानबिन गरी २४ घण्टाभित्र रिपोर्ट पेश गर्न भनिएको बताए।

प्रशान्त कुमारले डीआईजी जोगेन्द्र कुमारलाई अनुसन्धानको जिम्मेवारी दिइएको बताए । उनलाई मुद्दाको टुङ्गो नलागेसम्म ललितपुरमै बस्न भनिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *