लागु औषधसहित १९ वर्षिय युवक पक्राउ

डिसी नेपाल
२२ वैशाख २०७९ १४:२९
136
Shares

उदयपुर। जिल्ला प्रहरी कार्यालय उदयपुरले लागु औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका– ३ त्रियुगा बसपार्कबाट त्रियुगा नगरपालिका– १२ का १९ वर्षिय पंकु मल्लिकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले मल्लिकको साथबाट डाईजेपाम ९ एम्पुल, लुपिजेसिक ७ एम्पुल, फेनागर्न ८ एम्पुल गरी २४ एम्पुल प्रतिबन्धित लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए।

मल्लिकलाई उदयपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप्प गरि अनुसन्धान थालिएको छ। उनलाई लागु औषध ऐनअनुसार कारबाही गरिने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.