नेटो देशलाई रुसको सीधा धम्की, युक्रेनमा हतियार पठाए उडाइदिन्छौं

डिसी नेपाल
२२ वैशाख २०७९ १६:००
3.1k
Shares

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्ध दुई महिनाभन्दा बढी भइसकेको छ । स्थिति यस्तो छ कि रुसबाट पनि आक्रमणहरू भइरहेका छन्, युक्रेन पनि आत्मसमर्पण गर्ने मुडमा छैन र निरन्तर जवाफी कारबाही भइरहेको छ । यस्तो अवस्थामा जमिनमा तनाव बढ्दै गएको छ । यसैबीच फेरि एकपटक नेटो राष्ट्रहरूलाई रुसले धम्की दिएको छ ।

रुसका रक्षामन्त्री सर्गेई शोइगुले युक्रेनलाई नेटो देशहरूले कुनै हतियार आपूर्ति गरेमा अब ती हतियार बोक्ने सवारी साधनमा प्रत्यक्ष आक्रमण हुने बताएका छन् । रुसले नेटोलाई चेतावनी दिएको यो पहिलो पटक भने होइन। यसअघि पनि नेटोलाई राष्ट्रपति भ्लादिमिर पुटिनले यस युद्धबाट टाढा रहन सल्लाह दिएका थिए । अन्य धेरै नेताहरूले पनि रुसले जुनसुकै बेला नेटोमाथि आक्रमण गर्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

यस्तो अवस्थामा ती सबै खतराका बीचमा अब रुसका रक्षामन्त्रीले फेरि नेटोलाई नै चेतावनी दिएका छन् । यस धम्कीको कुनै पनि नेटो देशले अहिलेसम्म प्रतिक्रिया दिएको छैन। तर सुरुमा धेरै पटक युक्रेनलाई निरन्तर सहयोग गरिने स्पष्ट रुपमा भनिएको छ । अहिले डेनमार्क, जर्मनी जस्ता देशहरूले युक्रेनलाई हतियार र अन्य आवश्यक स्रोतसाधन पठाइरहेका छन् ।

यी धम्कीहरूको बीचमा, रूसमा राजनीतिक हलचल तीव्र भएको छ। भ्लादिमिर पुटिनले केही दिनका लागि राष्ट्रपति पद छाड्न सक्ने खबर छ । उनको स्थानमा सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुशेभले यो जिम्मेवारी लिन सक्नेछन्।

निकोलाई पात्रुशेभलाई पुटिनले सबैभन्दा बढी विश्वास गर्छन्। विदेशी मिडियाका अनुसार, यसबारे सबै कुरा पहिले नै पात्रुशेभलाई भनिएको छ। पुटिनले केही दिनको लागि राष्ट्रपति पद छाडे भने उनले देशको कमाण्ड हातमा लिनुपर्ने बताइएको छ ।

यसबारे औपचारिक घोषणा भने भइसकेको छैन तर पुटिनको स्वास्थ्यलाई लिएर अड्कलबाजीको बजार तातो छ । भ्लादिमिर पुटिनले आफ्नो क्यान्सरको उपचार गराउनु पर्ने बताइएको छ । यसका लागि उनको शल्यक्रिया गर्नुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *