जापान र बेलायतबीच सैन्य सम्झौता, के रुसको तनाव बढ्छ ?
काठमाडौं । जापान र बेलायतबीच सैन्य सम्झौता भएको छ । सम्झौताको बारेमा बताउँदै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भने कि बेलायतले “तानाशाही र दबाब बनाउने शक्तिहरू” विरुद्ध अन्य देशहरूसँग काम गर्ने वाचा गरेको छ।
बेलायतका प्रधानमन्त्रीले आफ्ना जापानी समकक्षी फुमियो किशिदासँग डाउनिङ स्ट्रिटमा भेट गरेपछि यस्तो बताएका हुन् । सो भेटमा दुवै नेताले संयुक्त सैन्य अभ्यासको घोषणा पनि गरेका थिए । उनले विपद् उद्धारका लागि दुवै देश मिलेर काम गर्ने पनि सहमति जनाएका छन् ।
जापान र कुनै पनि युरोपेली देशबीचको यो पहिलो सम्झौता हो । रुसले युक्रेनमा गरेको आक्रमणको जापान र बेलायतले निन्दा गर्दै आएका छन् र सैन्य सम्झौतालाई सोही सोचमा आधारित नयाँ साझेदारीका रूपमा हेरिएको छ ।
यो सम्झौता बेलायत सरकारको रक्षा र विदेश नीति समीक्षासँग पनि मिल्दोजुल्दो छ, जसअन्तर्गत इन्डो-प्यासिफिक क्षेत्रतर्फ झुकाव घोषणा गरिएको थियो। बोरिस जोनसनले भने कि यहाँ युरोपमा हामी बुझ्छौं कि पूर्वी एसियामा निरंकुश कारबाहीबाट के हुन सक्छ र त्यसैले हामी सँगै काम गर्न चाहन्छौं।
बोरिस जोन्सनले युरोपको सुरक्षा, हाम्रो सामूहिक सुरक्षा, एसिया-प्रशान्त क्षेत्रको सुरक्षाभन्दा फरक नभएको कुरामा जोड दिए। जापान जी-७ समूहको सदस्य हो र सुरुदेखि नै रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्दै आएको छ।
उसले आक्रमणको निन्दा र रुसमाथि प्रतिबन्ध लगाएको छ। यससँगै किभलाई पनि सहयोग उपलब्ध गराइएको छ । बैठकको सन्दर्भमा, एक प्रवक्ताले भने कि दुई देशका नेताहरूले युक्रेनमा रसियाको आक्रमणले अन्तर्राष्ट्रिय स्थायित्वमा ठूलो प्रभाव पारेकोमा सहमति जनाएका थिए।







डिसी नेपाल







Facebook Comment