दुई दिनमा १ हजार ७ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
२८ वैशाख २०७९ ११:२८
296
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला ९८ हजार  रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार रुपैयाँले घटेर प्रति तोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९६ हजार ५ सय रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदी प्रति तोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला  ३० रुपैयाँले घटेको हो। मंगलबार प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.