रुसले युक्रेनको मारिउपोललाई पूर्ण रूपमा कब्जा गर्यो

डिसी नेपाल
७ जेठ २०७९ ११:५६
508
Shares

काठमाडौं । रुसले महिनौंको लडाइँपछि युक्रेनको तटीय सहर मारियुपोल कब्जा गरेको घोषणा गरेको छ । युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि रूसी अधिकारीहरूले मारियुपोल कब्जाको लागि अन्तिम युद्ध शहरको अजोभस्टल स्टिल प्लान्टमा चलिरहेको बताए।

महिनौंदेखि युक्रेनी सेनाले यस प्लान्टमाथिको रुसी कब्जालाई रोक्न लडिरहेको थियो। शुक्रबार आत्मसमर्पण गरेपछि मारियुपोलको नियन्त्रण रसियामा गएको छ । रुसको रक्षा मन्त्रालयले ५३१ युक्रेनी सैनिकले प्लान्ट छोडेको जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि रुसको घोषणाको पुष्टि गरेका छन् । प्लान्टका अन्तिम सुरक्षाकर्मीलाई पनि जान अनुमति दिइएको उनले बताए ।

उनले शुक्रबार युक्रेनी टिभी च्यानलमा भने, “केटाहरूले सैन्य कमाण्डबाट स्पष्ट संकेत पाएका छन् कि उनीहरूले आफ्नो जीवन सुरक्षित गर्न सक्छन्।”

अजोभस्टल स्टिल प्लान्ट पूर्ण रूपमा केही हप्ताका लागि बन्द गरिएको थियो। रुसी सेनाले मानवीय सहायतालाई त्यहाँ पुग्न रोकेको थियो । यो ठाउँमा हवाई आक्रमण पनि भइरहेको छ । रुसी सेनाले युक्रेनी सुरक्षा बललाई हतियार त्याग्न आग्रह गरेको थियो ।

यस प्लान्टमा सर्वसाधारण पनि फसेका छन् । संयुक्त राष्ट्र संघ र रेडक्रसबीचको वार्तापछि उनलाई यसै महिनाको सुरुमा बाहिर निकालिएको थियो।

रुस र युक्रेनबीच यस वर्षको फेब्रुअरीदेखि युद्ध चलिरहेको छ । रुसले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *