फ्रेन्च ओपन: जोकोभिच र नाडाल चौथो चरणमा

डिसी नेपाल
१४ जेठ २०७९ ८:१४

काठमाडौं। स्लोभाकियाका एल्जाज बेडेनीमाथि ६-३,६-३,६-२ को सहज जितसहित साविकको विजेता नोभाक जोकोभिच फ्रेन्च ओपनको चौथो चरणमा प्रवेश गरेका छन्। यससँगै जोकोभिच र १३ पटकका फ्रेन्च ओपन विजेता राफेल नाडालबीच क्वार्टरफाइनलमा भेट हुने सम्भावना प्रबल रहेको छ।

नाडालले शुक्रबार राति चौथो चरणमा प्रवेश गर्ने क्रममा बोटिक भान डी जान्स्लुपमाथि ६-३,६-२,६-४ को जित निकाले। नाडालले चौथो चरणमा आइतबार क्यानडाका फेलिक्स औगर अलियास्मीसँग प्रतिस्पर्धा गर्नेछन्।

नाडाल गत संस्करणको फाइनलमा जोकोभिचसँग पराजित भएका थिए। करङको चोटका कारण करिब दुई महिना कोर्ट बाहिर रहेका नाडाल अहिले विरियताको पाँचौ स्थानमा छन्।

जोकोभिचले भने अन्तिम १६ मा अर्जेन्टिनाका डिएगो स्वार्चम्यानसँग प्रतिस्पर्धा गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *