यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ८१ पैसा र बिक्री दर १२४ रुपैयाँ ४१ पैसा कायम गरेको छ।
युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ५९ पैसा र बिक्री दर १३३ रुपैयाँ २३ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५६ रुपैयाँ ०३ पैसा र बिक्री दर १५६ पैयाँ ७९ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्री दर १२९ रुपैयाँ ७६ रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ४३ पैसा र बिक्री दर ८८ रुपैयाँ ८५ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ५९ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ७५ पैसा र बिक्री दर ९ रुपैयाँ ८० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४७ पैसा र बिक्री दर १८ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ०१ र बिक्री दर ३३ रुपैयाँ १७ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ९२ पैसा र बिक्री दर ३४ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८७ पैसा र बिक्री दर ९ रुपैयाँ ९२ पैसा कायम भएको छ।







डिसी नेपाल








Facebook Comment