दैनिक राशिफल: मेषदेखि मीनसम्मको आजको भाग्य र भविष्य
-
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज सोचेका कामहरू सहजै बन्नेछन्। वैदेशिक क्षेत्रका गतिविधि र रमझमले मन आकर्षित गर्नेछ। विगतमा गरेको लगानीबाट राम्रो फाइदा हुने योग छ। विशेषगरी शिक्षा क्षेत्रमा गरिएको लगानीले नाफा आर्जन गराउनेछ। दाजुभाइ तथा बन्धुबान्धवको बलियो साथ र सहयोग मिल्नेछ।
-
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): बोलीको प्रभाव बढ्नेछ र स्पष्ट रूपमा राखेका कुराले बिग्रेका काम पनि बन्नेछन्। आगामी दिनका लागि दीर्घकालीन योजनाहरू तयार हुनेछन्। तर, खानपानमा विशेष ख्याल नगर्दा स्वास्थ्यमा अचानक समस्या आउन सक्छ। शिक्षाको क्षेत्रमा भने उल्लेखनीय प्रगति हुने देखिन्छ।
-
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): कुनै पनि शुभकार्य वा सामाजिक उत्सवमा सहभागी हुने अवसर मिल्नेछ। खानपानको असावधानीले स्वास्थ्य बिग्रने खतरा रहेकाले सचेत रहनुहोला। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ भने राजनीतिमा लागेकाहरूलाई जनताको सेवा गर्ने विशेष अवसर प्राप्त हुनेछ। आज दक्षिण दिशाको यात्रा नगर्नु नै उचित हुनेछ।
-
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आफ्नो बोली र संवादको बलले रोकिएका कामहरू फत्ते गर्न सकिनेछ। दाम्पत्य जीवन सुखमय र फाइदाजनक रहने योग छ। धार्मिक एवं सांस्कृतिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। आजको दिनलाई दान-पुण्य गरेर सुरुवात गरेमा मनमा निकै शान्ति मिल्नेछ।
-
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आर्थिक रूपमा आम्दानी बढ्ने योग छ, तर स्वास्थ्यमा भने केही समस्या देखिन सक्छ। कार्यव्यस्तताका बावजुद परिवारका लागि समय निकाल्न सकिनेछ। कुनै पनि महत्त्वपूर्ण निर्णय लिनुअघि बौद्धिक वर्ग वा विज्ञको सल्लाह लिएर अगाडि बढेमा सोचेको काम सफलतापूर्वक सम्पन्न हुनेछ।
-
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सोचेका योजनाहरू पूरा हुनाले मनमा हर्ष र खुसी छाउनेछ। शिक्षाको क्षेत्रमा नयाँ जोस र जाँगर पलाउनेछ। निजी शैक्षिक संस्थाहरूमा गरिएको लगानीबाट राम्रो मुनाफा मिल्नेछ। स्वास्थ्यमा उल्लेख्य सुधार आउनेछ भने प्रेम सम्बन्ध थप सुमधुर र प्रगाढ बन्नेछ।
-
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते): शिक्षा क्षेत्रमा गरिएको लगानी वा मिहिनेतबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्य स्थिति राम्रो रहनेछ, जसले गर्दा परिवारमा सुख र मेलमिलापको वातावरण बन्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहने भए पनि आज दक्षिण दिशाको एकल यात्रा नगर्नु नै बुद्धिमानी हुनेछ।
-
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दाजुभाइसँगको सहकार्य र व्यापारिक साझेदारीले राम्रो नाफा दिलाउनेछ। शिक्षा क्षेत्रको लगानी फलदायी साबित हुनेछ। अभिभावक वा मातापितासँगको भेटघाटले मनलाई शान्त र ऊर्जावान् बनाउनेछ। भाग्य स्थानमा शुभग्रह रहेकाले अग्रजहरूको सल्लाह र मार्गदर्शन लिएर काम थाल्नुहोला।
-
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन अलि सोचेर र तौलेर मात्र बोल्नुपर्ने देखिन्छ। घरजग्गा वा भूमि सम्बन्धी कारोबारबाट राम्रो फाइदा हुने योग छ। स्वास्थ्यले पूर्ण साथ दिनेछ। आज आफन्तजनको भन्दा बाहिरका साथीभाइको साथ, सहयोग र सद्भाव बढी प्राप्त हुनेछ।
-
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कुनै शुभ वा हर्षबढाइँको समाचार प्राप्त हुनेछ। सञ्चित गरिराखेको धन केही खर्च भए पनि समाजमा मान-प्रतिष्ठा र इज्जत बढ्ने योग छ। शिक्षामा गरेको प्रयास र कडा मिहिनेत सफल हुनेछ। पढाइमा हिम्मत हारिहाल्नु हुँदैन। परिवारलाई पर्याप्त समय दिन नसक्दा मनमा केही खटपटी भने रहन सक्छ।
-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): यदि यात्रामा हुनुहुन्छ भने खर्चको मात्रा निकै बढ्न सक्छ। दिनभरि अनावश्यक र व्यर्थका काममा खर्च भएको अनुभव हुनेछ। बौद्धिक व्यक्तित्वहरूसँगको सहकार्यमा केही अवरोध वा असमझदारी सिर्जना हुन सक्छ। यद्यपि, शिक्षाको क्षेत्रमा जोस-जाँगर बढ्नेछ र पुरानो लगानीबाट फाइदा हुनेछ।
-
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आर्थिक दृष्टिकोणले आम्दानी बढ्ने राम्रो योग छ। लामो समयदेखि चलिरहेको स्वास्थ्योपचारमा सकारात्मक सुधार आउनेछ। शैक्षिक क्षेत्रमा सफलता पाउनका लागि थप मिहिनेत र परिश्रम गर्नुपर्ने देखिन्छ। आजको दिनलाई कुनै धार्मिक वा आध्यात्मिक कार्यमा सहभागी भएर सुरुवात गर्नु सर्वोत्तम हुनेछ।






डिसी नेपाल





Facebook Comment