माल्दिभ्सकाे उषाको टिमविरुद्ध कामना सम्मिलित पुलिसको जित
काठमाडौं। माल्दिभ्समा जारी भलिबल एसोसियसन कप २०२२ प्रतियोगितामा नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्टसम्मिलित पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ।
शनिबार राति भएको खेलमा कामनाको टिमले अर्की नेपाली स्पाइकर उषा भण्डारी सम्मिलित धिवेही सिफाइन्ज क्लबलाई सोझो सेटमा पराजित गरेकाे हाे । पुलिसले सेट २५–१५, ३१–२९, २५–१९ ले आफ्नो पक्षमा पार्याे।
सिफाइन्जको प्रतियोगितामा पहिलो हार हो। उसको दुई खेलबाट तीन अंक छ। पुलिसको लगातार दोस्रो जितसँगै ६ अंक भएको छ।
नेपाल पुलिस क्लबका खेलाडी द्वय पहिलो पटक विदेशी लिगको अनुभव बटुल्दै छन्। जुन लिगमा १० टिमको सहभागीता रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment