किसान हित कोष सञ्चालन गर्न एक अर्ब रुपैयाँ

डिसी नेपाल
१५ जेठ २०७९ १६:३६
68
Shares

काठमाडौं । सरकारले किसान हित कोष सञ्चालनमा ल्याउने भएको छ । किसानको आत्म सम्मान र गौरव वृद्धि गर्न कोष सञ्चालनमा ल्याउन लागिएको अर्थमन्त्री जर्नादन शर्माले बताएका छन् ।

‘किसानको आत्मसम्मान र गौरव वृद्धि गर्न किसानसँग सरकार कार्यक्रम अन्तर्गत योगदानमा आधारित किसान पेन्सन योजना सुरुवात गर्न किसान हित कोषको सुरुवात गरिने छ,’ आइतबार संसदमा आर्थिक वर्ष २०७९\८० बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले भने ।

कोषमा किसानले प्रत्येक महिना जम्मा गर्ने रकमको दश प्रतिशत रकम सरकारले जम्मा गरिदिने समेत उनले जनाए । कोष सञ्चालनको लागि विज पुजी एक अर्ब रुपैयाँ छु्ट्टयाइएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.