दुर्घटनाग्रस्त क्षेत्रमा पुगे प्रहरी निरीक्षक मङ्‍गल श्रेष्ठसहित पथप्रदर्शक

डिसी नेपाल
१६ जेठ २०७९ ९:३०
360
Shares

काठमाडौं। सैनिक प्रवक्ता नारायणप्रसाद सिलवालले तारा एयरको विमान दुर्घटनाग्रस्त भएको क्षेत्रमा प्रहरी निरीक्षक मङ्‍गल श्रेष्ठसहित पथ प्रदर्शक पुगिसकेको बताएका छन्।

विभिन्न निकायका उद्धार समूहका सदस्यहरू पनि दुर्घटनाग्रस्त क्षेत्रमा पुग्ने प्रयास गरिरहेका उनले बताए। दुर्घटनाग्रस्त क्षेत्रमा पुग्‍न अनेक सम्भावनाका उपाय सोचिएको पनि उनको भनाइ छ।

विमान दुर्घटनाग्रस्त क्षेत्र मुस्ताङको थासाङ– २ को कोबाङ भिर हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *