रोमानियामा एक नेपाली युवाद्वारा पार्कमै आत्महत्या
इटाली । रोमानियामा सोमबार एक नेपाली युवाले आत्महत्या गरेका छन् । रोमानियाको बुखारेष्ट सहर नजिक पर्ने ‘द्रागोमेरेस्ती’ भन्ने ठाँउको पार्कमा झुन्डिएर आत्महत्या गरेका हुन्। रोमानियाबाट पत्रकार लाक्पा तेन्जी लामाले दिएको जानकारी अनुसार आत्महत्या गर्ने नेपाली युवा प्रकाश विसुन्के हुन्। उनको नेपाल घर काभ्रेपलान्चोक कासिक १० दाप्चा भन्ने खुल्नआएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा उनी वाईज ईन्ट्रनेश्नल मेनपावर बाट मे २०२१ मा रोमानिया आएका थिए ।
पत्रकार लामाका अनुसार केही बर्ष यता रोमानियामा आत्महत्या लगायत विभिन्न घटनामा परी हालसम्म ६ जना नेपालीहरुले ज्यान गुमाइ सकेका छन् । ज्यान गुमाउने नेपालीहरुको शवलाई नेपाल पठाउन समेत कठिनाइ परिरहेको लामाको भनाइ छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment