एनपीएल : लुम्बिनीको अपराजित यात्रामा ब्रेक, काठमाडौं दोस्रो स्थानमा उक्लियो

डिसी नेपाल
२१ कार्तिक २०८३ २१:१०

काठमाडौं । काठमाडौं गोर्खाज राजधानीमा जारी नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो स्थानमा उक्लिएको छ।

तेस्रो जित निकाल्ने क्रममा काठमाडौंले साबिक विजेता लुम्बिनी लायन्सलाई ३६ रनले हरायो।

यो जितपछि काठमाडौंको चार खेलबाट ६ अंक पुगेको छ। लुम्बिनी भने हारपछि पनि ७ अंकका साथ शिर्ष स्थानमा कायमै छ। लुम्बिनीको पाँच खेलबाट पहिलो हार हो।

काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९।३ ओभरमा १२४ रनमा समेटियो। लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक ४४ ,अभिशेष गौतमले १६ रन जोडे।

बलिङमा काठमाडौंका जहान्दाद खानले ४, करण केसीले २ विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन बनायो।

जसमा डेभिड वार्नर र शाहिल पटेलले उत्कृष्ट ब्याटिङ गरे। यी दुबै ब्याटरले १०४ रनको सतकीय साझेदारी गरे। वार्नरले अर्धशतक प्रहार गर्दै ६६ र पटेल ३८ रनमा आउट भए।

लुम्बिनीका शेर मल्ल,अविशेष गौतम र रूवेल ट्रम्पलमेनले २र२ विकेट हात पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *