पेरेसिच टोटनहममा अनुबन्ध
काठमाडौं। इङ्लिस क्लब टोटनहमले इभान पेरिसिचलाई इन्टर मिलानबाट ‘फ्रि ट्रान्सफर’ मा अनुबन्ध गरेको छ। ३३ वर्षीय क्रोयसियन विंगर पेरिसिचसँग टोटनहमले दुई वर्षको सम्झौता गरेको हो।
यो सँगै पेरिसिचले पुनः एकपटक एन्टोनियो कोन्टेको प्रशिक्षणमा रहेर खेल्ने भएका छन्। यसअघि सन् २०२०–२१ को सिजन कोन्टेले इन्टरको प्रशिक्षण सम्हाल्दा यी दुईबीच सहकार्य भएको थियो।
सम्झौतासँगै टोटनहमबाट च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्ने बताए। ‘म च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्न चाहन्छु। यस्तै, प्रिमियर लिग सहित अन्य प्रतियोगिताहरुमा पनि उत्कृष्ट प्रदर्शन गर्नेछु’, पेरिसिचले भने।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment