नेपाली काँग्रेसको विधान मस्यौदामा सहमति जुट्यो

डिसी नेपाल
६ पुष २०७५ १०:२५

काठमाडौं। नेपाली काँग्रेसको विधान मस्यौदामा सहमति जुटेको छ।

शुक्रबार बिहान पार्टीको शिर्ष नेताहरुबीच सहमहामन्त्रीको संख्या ७ जनासहित पदाधिकारी संख्या १३ जना पु–याउने विषयमा सहमति जुटेपछि विधान मस्यौदामा देखिएको विवाद अन्त्य भएको हो।

सो सहमतिलाई केन्द्रिय कार्य समितिको शुक्रबार अपरान्ह बस्ने बैठकले अनुमोदन गरेपछि भोली महासमिति बैठकमा पेश हुने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। शिर्ष नेताहरुबीच सभापति तथा कोषाध्यक्ष १÷१, उपाध्यक्ष २, महामन्त्री २ र सहमहामन्त्री समावेशीसहित ७ जना पु-याउने सहमति जुटेको हो।

नेताहरुबीच विधान मस्यौदामा सहमति नजुटेकै कारण काँग्रेस महासमिति बैठक लम्बिएको थियो। पार्टी केन्द्रिय कार्यालय सानेपामा अहिले पनि महासमितिका सदस्यहरुले पार्टीको राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल गरिरहेका छन्।

भोलीको बैठकमा भने विधान प्रतिवेदन पेश हुनेछ। पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले सो प्रतिवेदन पेश गर्नुहुने र यस अघि प्रस्तुत भएका अन्य ४ वटा प्रतिवेदनहरु पनिसँगै पारित हुने काँग्रेसले जनाएको छ। महासमिति बैठकबाट काँग्रेसले नयाँ उर्जा प्राप्त गर्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माको दावी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *