पोल्यान्डको विजयी सुरुवात
काठमाडौं। वेल्सलाई २-१ अन्तरले हराउदै बुधबारदेखि सुरु भएको युइएफए नेसन्स कपमा पोल्यान्डले विजयी सुरुवात गरेको छ। खेलमा ५२ औं मिनेट जोनी विलियम्सले गरेको गोलबाट वेल्सले अग्रता लिएको थियो। तर, ७२औं मिनेटमा जाकुब कामिन्सकीले गोल गर्दै पोल्यान्डलाई खेलमा फर्काएका थिए।
यस्तै, निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा करोल स्विडरस्कीले निर्णायक गोल गर्दै पोल्यान्डको जित निश्चित गरे । जितसँगै तीन अंक जोडेको पोल्यान्ड समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । यस समूहमा पोल्यान्ड र वेल्ससँगै वेल्जियम र नेदरल्यान्ड्स छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment