सुखद् सुरुवातको दाउमा नेपाल

डिसी नेपाल
२० जेठ २०७९ ९:४६
184
Shares

काठमाडौं। यु-१९ महिला टी-२० विश्वकप छनोटमा आज शुक्रबार कतारविरुद्ध मैदान उत्रिँदा नेपाल प्रतियोगितामा सुखद सुरुआतको लक्ष्यमा रहनेछ। प्रतियोगिताको लागि १४ खेलाडीसहित नेपाली टिम यसअघि नै मलेसिया पुगिसकेको छ।

नेपालकी कप्तान कृतिका मरासिनीले पछिल्लो एक महिनादेखि निरन्तर बन्द प्रशिक्षणमा रहेकाले विश्वकप छनोटमा नेपालले अघिल्लो चरणमा स्थान बनाउनेमा विश्वस्त रहेको बताएकी छिन्। ६ राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्काे वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाउने छ।

प्रतियोगितामा नेपालसँगै मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), थाइल्यान्ड, भुटान र कतार सहभागी छन्। नेपालको तुलनामा अन्य टोली कमजोर देखिए पनि नेपालको खास परीक्षा थाइल्यान्डविरुद्ध हुनेछ। पछिल्लो समय थाइल्यान्डविरुद्ध नेपाली टिमको प्रदर्शन सन्तोष जनक रहन सकेको छैन।

बाँकी खेलमा नेपालले शनिबार यूएईविरुद्ध, सोमबार भुटानविरुद्ध, मंगलबार थाइल्यान्डसँग र बिहीबार मलेसियासँग खेल्ने तालिका छ।

नेपाली टिमः
कृतिका मरासिनी (कप्तान), स्‍नेहा महरा, शृष्टि जैसी, मनिषा उपाध्याय, अन्जली बिक, मनिषा रानामगर, अलिषा यादव, साना प्रविन, रन्जु श्रेष्ठ, आस्मा पुलामीमगर, सानु राजवंशी, किरण कुँवर, अनु कडायत, सुस्मिता भुसाल


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *