३३.७६ अंकले घट्यो नेप्से, परिसूचक २०७८.७० विन्दुमा
काठमाडौं। साताको कारोबारको पाँचौ दिन शुक्रबार सेयर बजार घटेको छ। शुक्रबार सेयर बजार ३३.७६ अंकले घटेर २ हजार ७८.७० विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२६ कम्पनीको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्व ३० करोड ७३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा एनआइसी एशिया बैंक अग्रस्थानमा रहेको छ। यस कम्पनीको १२ करोड १२ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ३ सय २० रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।
शक्रबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ। आजको कारोबारमा उपकर लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावरका लगानीकर्ताले अधिक कमाएका छन्। यु दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। यस्तै, किसान लघुवित्त र उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले अधिक गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment