अमेरिकामा त्रिदेशीय सिरिजअघि आसिफ शेख र कुशल भुर्तेल घाइते, सुवास खकुरेललाई बोलाइयो
काठमाडौं । अमेरिकामा यही आगामी बुधबारदेखि सुरु हुने आइसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजअघि नेपाली टिमका दुवै ओपनर आसिफ शेख र कुशल भुर्तेल घाइते भएका छन् ।
उनीहरू दुवै पहिलो खेल खेल्न सक्ने कुरामा आशंका भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । उनीहरू दुवैलाई खुट्टामा चोट लागेको क्यानले जनाएको छ । नेपालले पहिलो खेल बिहीबार ओमनसँग खेल्दैछ ।
यससँगै टिम व्यवस्थापनले कँरको रुपमा विकेटकिपर ब्याटर सुवास खकुरेललाई बोलाउने निर्णय गरेको छ । खकुरेल काठमाडौंमा भएको अभ्यास खेलमा खेलेको र उनको ब्याट र ग्लभबाट प्रदर्शन सन्तोषजनक रहेको क्यानले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment