युक्रेनको विश्वकप खेल्ने सपना अधुरै, वेल्स ६४ वर्षपछि विश्वकपमा

डिसी नेपाल
२३ जेठ २०७९ ६:३६
956
Shares

काठमाडौं। युक्रेनलाई १-० ले पराजित गर्दै वेल्स एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।

आइतबार युरोपेली छनोटअन्तर्गत भएको प्लेअफमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्माघाति गोल गरे । वेल्सको जितसँगै युक्रेनको विश्वकप खेल्ने सपना अधुरो बनेको छ ।

योसँगै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको छ । सन् १९५८ पछि पहिलो पटक वेल्स विश्वकपमा छनोट भएको हो ।

अब, समूह बी इंग्ल्यान्ड ,अमेरिका र इरानसँगै वेल्सले खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *