सोमबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार १ सय रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ९८ हजार १ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएकाे छ।
यता, चाँदी प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो। आइतबार चाँदी प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment