भुटानले टस जितेर नेपाललाई बलिङको निम्तो

डिसी नेपाल
२३ जेठ २०७९ ११:३७
80
Shares

काठमाडौं । आईसीसी यू १९ महिला टी ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र भुटानबीच हुने खेलमा नेपालले सुरवातमा बलिङ गर्ने भएको छ ।

मलेसियाको किनरारा ओभलमा भुटानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । अघिल्लो नेपालले खेलेको दुई खेल मध्ये एकमा विजयी र एकमा पराजित भएको थियो । त्यसैले नेपाल आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ । भुटान भने पहिलो जितको खोजीमा रहेको छ ।

भुटानले यसअघि खेलेको ददुई खेल हारेको थियो । भुटान अंक विहीन रहेर पुछारमा रहेको छ ।नेपालले भने पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो। तर, दोस्रो खेलमा ८ रनमा अलआउट हुँदै युएईसँग १० विकेटले पराजित भएको थियो।छनोट खेलमा नेपाल, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *