यार्सा संकलनबाट २५ लाख राजस्व संकलन

डिसी नेपाल
२३ जेठ २०७९ ११:५०
48
Shares

मुगु। मुगुम कार्मारोङ गाउँपालिकामा यार्सागुम्बा संकलनबाट २५ लाख राजस्व संकलन भएको छ। अझै उठाउने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्लाभित्रका प्रतिव्यक्तिबाट दुई हजार र जिल्लाबाहिरबाट भित्रिएका प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँका दरले राजस्व उठाउने गरेको छ।

अझै बढी राजस्व उठाउन गाउँपालिकाको टोली पाटन क्षेत्रमै पुगेर यार्सा टिप्ने व्यक्तिबाट राजस्व असुलउपर गरिरहेको गाउँपालिकाका लेखा अधिकृत जनराज शाहीले बताए। अवैध बाटो प्रयोग गरेर यार्सा संकलक पाटन क्षेत्रमा पहिले नै प्रवेश गरिसकेकाले यसपटक कम राजस्व असुली हुने अनुमान गरिएको उनको भनाइ छ।

‘विगत वर्षहरूमा कम्तीमा पाँचदेखि ६ हजार यार्सा संकलकबाट राजस्व असुली हुने गर्थ्यो भने यसपटक स्थानीय निर्वाचनले गर्दा कम मानिस यार्सा टिप्न गएको हुँदा राजस्व पनि कमि उठ्ने अनुमान गरेका छाैं,’ उनले भने।

मुगुम कार्मारोङ गाउँपालिका-२ मा पर्ने विभिन्न पाटन रिमार, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कुलगायत वनमा सुरक्षाकर्मीसहित राजस्व संकलन टोली खटाइएको छ।

कोरोना महामारीका कारण विगत तीन वर्षदेखि मुगुम कार्मारोङ गाउँपालिकाले यार्साको राजस्व उठाउन पाएको थिएन। गाउँपालिकाको पाटन क्षेत्रमा यार्सागुम्बा संकलनका लागि १५ जेठदेखि प्रवेश खुला गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.