१२.८९ अंकले घट्यो नेप्से परिसूचक, दुई कम्पनीको सेयरमा सर्किट

डिसी नेपाल
२३ जेठ २०७९ १५:४०
84
Shares

काठमाडौं। साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार घटेको छ। सोमबार सेयर बजार १२.८९ अंकले घटेर २ हजार ६५.८२ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्व २७ करोड ३३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा एसियन  इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। यस कम्पनीको ८ करोड २४ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ५ सय ३९ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : एनआइसी एशिया बैंक र नेपाल लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ६ उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा उपकर लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावरका लगानीकर्ताले अधिक कमाएका छन्। यी दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ।  यस्तै, हिमालयन बैंक र महुली लघुवित्तका लगानीकर्ताले अधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.