मंगलबार ६ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
२४ जेठ २०७९ ११:२४
172
Shares

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य घटेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सयले घटेर प्रति तोला ९७ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको हो। सोमबार चाँदी प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.