दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, कुनको मूल्य कति पुग्यो ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। मंगलबारको कारोबारमा उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट लागेको हो।
उपकार लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावरको सेयर मूल्य९.९८ प्रतिशतले बढेको छ।
उपकार लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १ सय ९३ रुपैयाँ २० पैसाले बढेर २ हजार १ सय २६ रुपैयाँ पुगेको छ । यस्तै, बलेफी हाइड्रोपावरको सेयर मूल्यमा १८ रुपैयाँ ५० पैसाले बढेर २ सय ३ रुपैयाँ ९० पैसा पुगेको छ। मार्केट डेपमा यी दुवै कम्पनीको सेयर बिक्री मागभने खरिद माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment