ट्याङ्‍करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

डिसी नेपाल
२६ जेठ २०७९ १०:३०
132
Shares

काठमाडौं। पाँचथरको हिलिहाङ गाउँपालिका–७ को सल्लेरीमा ट्याङ्‍कर र मोटरसाइकल एक-आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरीको रामधुनी नगरपालिका– ७ का २६ वर्षीय प्रेम घिसिङ रहेका छन् ।

उनले चलाएको को ५ प २३३० नम्बरको पल्सर मोटरसाइकल र मे १ ख २४९४ नम्बरको ट्याङ्‍कर बुधबार दिउँसो अन्दाजी १ः३० बजे आपसमा ठोकिएको थियो। उक्त दुर्घटनाबाट गम्भीर घाइते भएका घिसिङको झापाको बिएण्डसी अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो।

घिसिङ श्रीमती कञ्‍चन मगरसहित ताप्लेजुङ तर्फ जाँदै थिए। मगर पनि गम्भीर घाइते छिन्। आइसीयूमा राखेर बिएण्डसीमै उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *