चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु

डिसी नेपाल
२७ जेठ २०७९ १४:०३
272
Shares

चितवन।चितवनको ईच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिकै आज बिहान बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा सुनसरीको झुम्काका अन्दाजी २३ वर्षीय जनक दाहाल रहेका छन् ।

काठमाण्डौबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको बसले सोही बसका परिचालक दाहाललाई आज बिहान ४ बजे ठक्कर दिएको थियो ।बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.