डा. महतोद्वारा मानवसेवा आश्रमलाई शैक्षिक सामाग्री सहयोग

डिसी नेपाल
२७ जेठ २०७९ १४:३८
8
Shares

काठमाडौं। पूर्व सभासद तथा फूलकुमारी महतो मेमोरियल ट्रष्टका उपाध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोले मानवसेवा आश्रमलाई विभिन्न सहयाेग गरेका छन्। उनले खाद्यान्न तथा शैक्षिक सामाग्री प्रदान गरेका हुन्।

डा. महताेका छोराद्वय तनिष र तन्यम तथा भतिजी युक्ति र भतिजा यज्ञद्धीपले आश्रममा रहेका बालबालिका तथा बृद्धवृद्धालाई फलफूल र जुस प्रदान गरेका थिए। महतोले खाद्यान्नमा चामल, दाल, नून, तेल, चिनी र चियापत्ति सहयोग गरेका हुन्।

डा. महतोले आफू आश्रम परिवारसँग जोडिन पाउनु साैभाग्यकाे कुरा भएकाे बताए। ‘सायद पूर्व जन्ममा मैले कुनै राम्रो काम गरेको थिएँ होला, र आज म तपाईँहरुसँग एउटै परिवारको सदस्यको रुपमा जोडिन आइपुगेको छु। यसमा म आफूलाई धेरै नै भाग्यमानी ठान्दछु, उनले भने।

डा. महतोले मानवता प्रवद्र्धनको एकमात्रै लक्ष्य राखेर आश्रमले स्थापना कालदेखि नै गरेको सेवाप्रति आफू सधैं नतमस्तक रहेको भन्दै सहयोगी मनले यसमा सहयोग पुर्याउने पनि विश्वास लिए। आश्रममा सबै उमेर समूहका १८० भन्दा बढि आश्रित छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *