बैतडीमा जीप दुर्घटना, १ जना घाइते

डिसी नेपाल
२८ जेठ २०७९ ९:३४
60
Shares

बैतडी। बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा जिप दुर्घटनामा परेको छ । मेलौलीबाट पाटनतर्फ जादैँ गरेको सु.प.प्र.०१ ००१ च ३१२५ नम्बरको (टाटासुमो) जिप पाटन ६ को मेल्तडा खोलामा दुर्घटना परेको हो ।

इलाका प्रहरी कार्यालय पाटनका अनुसार दुर्घटनामा परी एक जना घाईते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भईरहेको छ । घाइतेको परिचय खुलेको छैन ।

खोलामा हालिएको साघुँरो पुलबाट गाडीखस्नगई दुर्घंटनामा परेको प्रहरीले जनाएको छ । खोलामा हालिएको पुल साँघुरो भएका कारण दुर्घटना भएको आशंका गरिएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भईरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.