बैतडीमा जीप दुर्घटना, १ जना घाइते
बैतडी।बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा जिप दुर्घटनामा परेको छ । मेलौलीबाट पाटनतर्फ जादैँ गरेको सु.प.प्र.०१ ००१ च ३१२५ नम्बरको ९टाटासुमो० जिप पाटन ६ को मेल्तडा खोलामा दुर्घटना परेको हो ।
इलाका प्रहरी कार्यालय पाटनका अनुसार दुर्घटनामा परी एक जना घाईते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भईरहेको छ । घाइतेको परिचय खुलेको छैन ।
खोलामा हालिएको साघुँरो पुलबाट गाडीखस्नगई दुर्घंटनामा परेको प्रहरीले जनाएको छ । खोलामा हालिएको पुल साँघुरो भएका कारण दुर्घटना भएको आशंका गरिएको छ ।दुर्घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment