गैरआवासीय नेपाली संघ ओहायो च्याप्टरको बनभोज

डिसी नेपाल
२९ जेठ २०७९ ११:००

अमेरिका। गैरआवासीय नेपाली संघ ओहायो च्याप्टरद्वारा आयोजित बनभोज लगायका विविध मनोरञ्जनात्मक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। ओहायो राज्यको कोलम्बस स्थित बल्याकलिक उड्स पार्कमा जुन ५,२०२२ एनआरएन च्याप्टरद्वारा पहिलो पल्ट आयोजित बनभोज लगायतका मनोरञ्जनात्मक कार्यक्रममा स्थानीय नेपाली र नेपाली भाषीहरूको उलेख्य सहभागिताका साथ कार्यक्रम सम्पन्न भएको छ ।

ओहायोका बिभिन्न शहरहरू एक्रोन ,सिनसिनाटी, क्लिभल्याण्ड आदि सहरहरूबाट बिभिन्न पेशा तथा संघसंस्थासँग सम्वद्ध नेपालीहरूको कार्यक्रममा सहभागिता रहेको थियो।उक्त कार्यक्रम एनआरएन एनसिसी अमेरिकाका उपाध्यक्ष गोपेन्द्र भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।कार्यक्रमलाई ओहायो एनआरएन च्याप्टरका उपाध्यक्ष अवि दाहालले स्वागत मन्तब्य राखेका थिए।

त्यस्तै अन्य अथितीहरूमा उमेश आचार्य,महेश केसी ,वकिल तथा समाजसेवी मुकेश सिँह , प्रोफेसरहरू डा.कौसल दाहाल, हेम जोशी आदी रहेका थिए।प्रमुख अतिथी भट्टराईले एनआरएन एनसीसीको महत्व तथा भइरहेका गतिविधिका बारेमा प्रष्ट पारेका थिए । कार्यक्रमको सन्चालन होताराम विश्वकर्माले गरेका थिए ।

रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न
‘रक्तदान नै जीवन दान’हो भन्ने भावनालाई आत्मासाथ गर्दै रगतको अभावले छटपटाउदै कसैले अमूल्य जीवन गुमाउनु नपरोस भन्ने उदेश्यका साथ विश्व रक्तदान दिवसको अवसरमा एनआरएन ओहायो च्याप्टर तथा ब्लड डोनर अफ अमेरिकाद्वारा आयोजित रक्तदान कार्यक्रम भव्यरूपमा सम्पन्न भयो ।

ओहायो राज्यको कोलम्बस स्थित हिल्टन होटलमा जुन ११ २०२२ शनिवारका दिन सम्पन्न उक्त कार्यक्रममा कार्यक्रमस्थल भने हिल्टन होटलले नै निःशुल्क रूपमा उपलब्ध गराएको थियो। रगत संकलन कार्य भने ‘भरसीटी ब्लड ड्राइभ सेन्टर’ ले गरेको थियो।

उक्त कार्यक्रममा ओहायोका बिभिन्न पेशा तथा संघसंस्थासँग आबद्ध नेपाली र नेपाली भाषीहरूको उल्लेख्य रूपमा उपस्थिती रहेको थियो।ओहायो एनआरएन च्याप्टरका उपाध्यक्ष अवि दाहालको संयोजकत्व तथा सौजन्यमा उक्त कार्यक्रम आयोजना भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *