त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना नेपाली पक्राउ
फाइल फाेटाे।
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको चोरी तस्करी रोकिएको छैन। वैदेशिक रोजगारीमा खाडी मुलुक गएका र नेपाल फर्कँदा उनीहरुले कुनै न कुनै रुपमा सुन ल्याउँदा चोरी तस्करी बढेको हो।
आइतबार विहान पनि सुनसहित विदेशबाट आएका तीन जना नेपाली पक्राउ परेका छन्। जजिरा एअरलाईन्सबाट आइतबार बिहान विमानस्थलमा आएका प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज मोचीलाई विमानस्थलमा रहेको भन्सार कार्यालयले पक्राउ गरेको हो।
भन्सार कार्यालयले उनीहरूले पाइन्टको भित्री भागमा लुकाएको २६० ग्राम सुन बरामद गरेको जनाएको छ। प्रारम्भिक बयानमा तीनै जनाले अन्य व्यक्तिले एक-एकवटा पाइन्ट दिएको र नेपालमा ती पाइन्ट अन्य व्यक्तिलाई बुझाएपछि केही रकम दिने आशाले सुन ल्याएको बताएका छन्।
‘हामीलाई एक एक वटा पाइण्ट दिएका थिए सो पाइन्ट लिने आउछ र यो लगिदिए वापत पैसा आउछ भनिएको थियो’, पक्राउ परेका मध्ये प्रकाश दनुवारले बयान दिएका छन्। उनीहरुले आफूहरुलाई यो विषयमा कुनै जानकारी नभएको पनि बताएका छन्।







डिसी नेपाल








Facebook Comment