त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना नेपाली पक्राउ

डिसी नेपाल
२९ जेठ २०७९ ११:११
1.2k
Shares

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको चोरी तस्करी रोकिएको छैन। वैदेशिक रोजगारीमा खाडी मुलुक गएका र नेपाल फर्कँदा उनीहरुले कुनै न कुनै रुपमा सुन ल्याउँदा चोरी तस्करी बढेको हो।

आइतबार विहान पनि सुनसहित विदेशबाट आएका तीन जना नेपाली पक्राउ परेका छन्। जजिरा एअरलाईन्सबाट आइतबार बिहान विमानस्थलमा आएका प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज मोचीलाई विमानस्थलमा रहेको भन्सार कार्यालयले पक्राउ गरेको हो।

भन्सार कार्यालयले उनीहरूले पाइन्टको भित्री भागमा लुकाएको २६० ग्राम सुन बरामद गरेको जनाएको छ। प्रारम्भिक बयानमा तीनै जनाले अन्य व्यक्तिले एक-एकवटा पाइन्ट दिएको र नेपालमा ती पाइन्ट अन्य व्यक्तिलाई बुझाएपछि केही रकम दिने आशाले सुन ल्याएको बताएका छन्।

‘हामीलाई एक एक वटा पाइण्ट दिएका थिए सो पाइन्ट लिने आउछ र यो लगिदिए वापत पैसा आउछ भनिएको थियो’, पक्राउ परेका मध्ये प्रकाश दनुवारले बयान दिएका छन्। उनीहरुले आफूहरुलाई यो विषयमा कुनै जानकारी नभएको पनि बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *