राहत कोषमा कुम्मायकको २१ लाख सहयोग

डिसी नेपाल
१६ भदौ २०८३ २१:२५

पाँचथर। भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितको सहयोगका लागि पाँचथरको कुम्मायक गाउँपालिकाले रु २१ लाख ६५ हजार रकम सहयोग गरेको छ।

कुम्मायक गाउँपालिकाको आज सम्पन्न कार्यपालिका बैठकले बाढीबाट प्रभावितका लागि उद्धार, राहत, पुनर्लाभ र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रु २१ लाख ६५ हजार ५५० रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले जानकारी दिए।

उनका अनुसार गाउँपालिकाको राहत व्यवस्थापन कोषबाट रु एक लाख, जनप्रतिनिधिहरुले प्राप्त गर्ने सुविधाबाट एकामुष्ठ रु ८७ हजार, गाउँपालिकामा कार्यरत कर्मचारीको तलबबाट रु पाँच लाख ४६ हजार ५०० र गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीबाट रु १४ लाख ३२ हजार ५० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

गाउँपालिकाले मानवीय कर्तव्य र सामाजिक उत्तरदायित्वलाई ख्याल गर्दै पीडामा परेका बाढी प्रभावितका लागि सहयोग गर्न अपिलसमेत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *