रोनाल्डोलाई लागेको बलात्कारको मुद्दा खारेज

डिसी नेपाल
२९ जेठ २०७९ १५:३३
124
Shares

काठमाडौं। म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ।

सन् २००९ मा अमेरिकाकाे लास भेगसको एक होटलमा आफूमाथि रोनाल्डोले बलात्कार गरेको भन्दै क्याथ्रिन मेयोर्गाले मुद्दा दर्ता गरेकी थिइन्। तर, अमेरिकी अदालतले मेयोर्गाको पक्षमा बहस गरिरहेका वकिलले चोरीको प्रमाण ल्याएको पाएपछि रोनाल्डोको मुद्दा खारेज गरेको हो।

यसअघि रोनाल्डोले आरोपको खण्डन गर्दै आएका थिए। रोनाल्डोमाथि आरोप लगाउने उक्त युवती सन् २०१० मा रोनाल्डोसँग सम्झौताका लागि तीन सय ७५ हजार डलर माग गरेकी थिइन् । तर, पछि अरु रकमको माग गर्दा नपाएपछि उक्त युवतीले मुद्दा हालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खुलाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *