भक्तपुरमा साहुको हत्या गरेको आशंकामा चारजना पक्राउ

डिसी नेपाल
२९ जेठ २०७९ १९:३६
428
Shares

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ बोडेमा एक जनाको हत्या भएको छ । स्थानीय ५१ वर्षीय कल्याण साहुको आज हत्या भएको हो ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठको फर्माले हानेर हत्या गरेको अवस्थामा बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा साहुको शव फेला परेको थियो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले साहुको हत्या आकंकामा चार जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको बताएका छन् । प्रहरीले घटनास्थलबाट रगताम्मे भएको फर्मा बरामद गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.