मोटरसाइकल वर्कसपमा आगलागी, पाँच लाख बराबरको क्षति

डिसी नेपाल
३० जेठ २०७९ ११:२८
84
Shares

लमजुङ। लमजुङमा मोटरसाइकल वर्कसपमा आगलागी  भएको छ। जिल्लाको सुन्दरबजार नगरपालिका ९ सिउडिबार धारापानीमा रहेको अधिकारी मोटरसाइकल वर्कसपमा सोमबार बिहान अन्दाजी पौने ५ बजे आगलागी भएको हो।

आगलागी हुँदा ७ वटा पुरानो कवाडी  मोटरसाइकल, सर्भिसिङका लागि राखिएकाे एउटा मोटरसाइकल र  २ वटा स्कुटर पूर्णरुपमा जलेको  जिल्ला प्रहरी कार्यलय लमजुङका सूचना अधिकारी जगदीश रेग्मीले बताए।

सीसी‍टीभी फुटेजमा देखिएको दृश्यलाई हेर्दा विद्युतको पोलमा तार सर्ट भएर आगालागि भएको देखिएको छ। आगालगीकाे सूचना पाए लगत्तै प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.