आईजीपी बढुवाविरुद्ध मुद्दा ‘हेर्दाहेर्दै’मा
काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध परेको मुद्दाको पेशी आगामी असार ५ गतेका लागि तोकिएको छ ।
सर्वोच्चका प्रवक्ता बिमल पौडलले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासले उक्त मुद्दा ‘हेर्दाहेर्दै’मा रोखर असार ५ गते सुनुवाइको मिति तोकेको जानकारी दिए ।
सोमबार कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीक चुडालको संयुक्त इजलासमा आईजीपी बढुवाविरुद्ध परेको मुद्दाको सुनुवाइका लागि पेशी तोकिएको थियो ।
गत वैशाख १८ गते मन्त्रिपरिषद् बैठकले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गरेकोविरुद्ध एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment