चालक अनुमति पत्रमा वर्ग थपका लागि पनि आवेदन खुल्यो
काठमाडौं। यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ।
विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो।
यसअघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो।
विभागअन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोस पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्न समेत अनलाइन आवेदन दिन सकिने जानकारी दिएका हुन् ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment