यसै वर्षबाट किसानलाई पेन्सन दिइन्छ : मन्त्री यादव
काठमाडौं। सरकारले यसै वर्षबाट किसानलाई पेन्सन दिने भएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले यसै वर्षबाट किसानलाई पेन्सन दिन सुरु गरिने जानकारी दिएका हुन्।
मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले यसै वर्षबाट किसानलाई पेन्सन दिन थालिने बताएका हुन्। यसका लागि किसानले आफ्नो उत्पादनको केही छुट्याउनुपर्ने र यसमा सरकारले १० प्रतिशत थप्ने मन्त्री यादवको भनाइ छ।
किसानलाई पेन्सन दिनका लागि कार्यविधि बनाउने बताएका उनले वर्गीकरण गरेर पेन्सन दिन सुरुवात गरिने जानकारी दिए । आर्थिक वर्ष २०७९/८० को बजेटमा किसानलाई पेन्सन दिने कार्यक्रम समावेश गरिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment