जिल्ला समन्वय समिति बर्दियामा कांग्रेस निर्विरोध
बर्दिया। जिल्ला समन्वय समिति बर्दियामा नेपाली कांग्रेस निर्विरोध विजयी भएको छ। आठ स्थानीय तह रहेको बर्दियामा जिससका लागि अन्य दलको उम्मेदवारी नपरेपछि कांग्रेसले प्यानल नै जितेको हो। जिसस प्रमुखमा सूर्यबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन्।
जिसस उपप्रमुखमा अमिताकुमारी यादव चयन भएकी छन्। सदस्यमा विनय राजभण्डारी, तीर्थप्रसाद जैसी, पुरैलाल थारू, सुनिता नेपाली, छवि भाट, विमला थारू र खगिसरा कामी विक निर्विरोध निर्वाचित भए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment