गाेरखाकाे भीमसेनथापाका पुर्वअध्यक्षसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी
गोरखा। डिभिजन वन कार्यालय गोरखाले जिल्लाको भीमसेन थापा गाउँपालिकाका पुर्वअध्यक्ष ईश्वर पाण्डेसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
गाउँपालिकाको वडा नम्बर ८ स्थित भवानी सामुदायिक वनको वन पैदावरमा पाण्डेसहितले हानी नोक्सानी पुर्याएको भन्दै पुर्जी जारी गरेको कार्यालयले जनाएको छ।
पक्राउ पुर्जी जारी भएकाहरूमा सोही सामुदायिक वनका सचिव, सहसचिवलगायत पनि छन्। ‘वन पैदावरमा हानी नोक्सानीको अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । तर, अहिलेसम्म पक्राउ परेका छैनन्’ कार्यालयका सूचना अधिकृत महेश पौडेलले भने।
सोही अभियोगमा यसअघि नै वनका अध्यक्ष राम ढकाल पक्राउ परिसकेका छन्। उनी प्रहरी हिरासतमा छन्। ढकालले दिएको वयानका आधारमा गाउँपालिकाका पूर्वअध्यक्ष पाण्डेसहित पाँच जनाविरुद्ध कार्यालयले पक्राउ पुर्जी जारी गरेको हो।
पौडेलले भनेका छन्, ‘हामी अहिले अनुसन्धानकै क्रममा छौँ। आवश्यक अनुसन्धान सकिएपछि सरकारी वकिलको रायसहित जिल्ला अदातलमा मुद्दा दर्ता गर्छौँ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment