बरिष्ठ चलचित्रकर्मीले प्रयोग गर्न पाउने भए विमानस्थलमा ‘भिआइपी कक्ष’

डिसी नेपाल
१ असार २०७९ १९:११
816
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका पहलमा नेपालका ४० जना कलाकारले विमानस्थलको भिआइपीकक्ष प्रयोग गर्न पाउने भएका छन् ।

उनीहरूले विमानस्थलमा भिआइपी कक्ष प्रयोग गर्न पाउने भएका छन् । चलचित्र विकास बोर्डले उपलब्ध गराएको विशिष्ट श्रेणीको परिचयपत्रका आधारमा उनीहरूले भिआइपी कक्ष प्रयोग गर्न पाउने छन् । बोर्डले जारी गरेको उक्त परिचयपत्रका आधारमा विमानस्थल कार्यालयले विदेश जाँदा तथा फर्किंदा विशिष्ट श्रेणीका कलाकारलाई भिआइपी कक्ष प्रयोग गर्न दिइने जनाइएको छ ।

विशिष्ट श्रेणीको कलाकारको परिचयपत्र प्राप्त गर्नेमा हरिवंश आचार्यदेखि राजेश हमाल, नीर शाह, शिव श्रेष्ठ, कृष्ण मल्ल, मिथिला शर्मा, राजेन्द्र खड्गी, अशोक शर्मा, शम्भुजित बास्कोटालगायत रहेका छन् ।

बोर्डको पत्राचारलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले सदर गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ । विसं २०७३ मा बोर्डले विशिष्ट श्रेणीको कलाकारको परिचयपत्रका लागि आवेदन दिन आग्रह गरेको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.