संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री र अर्थमन्त्री

डिसी नेपाल
२ असार २०७९ ७:३५
76
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आज संघीय संसदमा सम्बोधन गर्ने भएका छन्।

रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रम देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका हुन्।

सरकारले १५ जेठमा संसदमा बजेट प्रस्तुत गरेको थियो। बजेटमाथिको छलफल सकिएपछि मन्त्रीहरुले जवाफ दिइरहेका हुन् । बिहीबार नै अर्थमन्त्री जनार्दन शर्माले पनि संसदमा जवाफ दिने छन्। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ।

आज त्यसबाहेक राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.