नक्कली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ
रौतहट। सशस्त्र प्रहरीले रौतहटको सीमावर्ती क्षेत्र बंकुल चौकबाट नेपाली र भारु नक्कली नोटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाको टोलीले आज बिहान भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोटसहित पक्राउ गरेको हो।
पक्राउ परेका सक्सेनाको साथ बाट नेपाली एक हजार दरका ५० थान, भारु २ हजार दरका २३ थान र भारु ५ सय दरकख १० थान नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी छिनमस्ता बाहिनी बर्दिबासका प्रमुख डिआईजी गणेश ठाडा मगरले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment