जीप दुर्घटनामा चालक र सहचालकको मृत्यु
सुर्खेत। रुकुम पश्चिमको आठविसकोट नगरपालिका-११ चिसापानी नजिकै जीप दुर्घटना भएको छ। राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जीप शनिबार साँझ दुर्घटनामा परेको हो।
दुर्घटनामा जीप चालक र सहचालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ। चालक बाँफिकोट गाउँपालिका-८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका-११ का कमल खड्काको ज्यान गएको हो। प्रहरीका अनुसार जीप अनियन्त्रित भएर भेरी ननीमा खसेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment