प्रवासी नेपाली मञ्च अमेरिका : कृष्ण लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

डिसी नेपाल
५ असार २०७९ १०:०५
192
Shares

काठमाडौं। प्रवासी नेपाली मञ्च अमेरिकाको तेस्रो अधिवेशन सम्पन्न भएको छ। अमेरिकाको बोस्टनमा सम्पन्न अधिवेशन नेकपा एमाले स्थायी कमिटी सदस्य एवं अन्तर्राष्ट्रिय विभाग प्रमुख राजन भट्टराईको आथित्यमा सम्पन्न भएको हो। अधिवेशनमा न्युयोर्क निवासी कृष्णप्रसाद लामिछानेको अध्यक्षमा ३० सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ।

डा. भट्टराई प्रमुख अतिथि रहेको अधिवेशनको उद्घाटन समारोहमा विशेष अतिथिको रुपमा पूर्वमन्त्री महेन्द्र पाण्डे, सांसद शान्ता चौधरीले आफ्नो भनाइ राखेका थिए।
भट्टराईले नेपालको रणनीतिक तथा सामरिक सवालमा एमालेको दृष्टिकोणको विषयमा प्रवासी नेपालीबीचमा आफ्नो धारणा राखेका थिए।

सांसद शान्ता चौधरीले आफ्नो भोगाइ सुनाउँदा सभाहल भावकु बनेको थियो।  कार्यत्रमलाई अमेरिकास्थित दर्जनौं संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए। जुन १७–१८ सम्म चलेको अधिवेशनले कृष्ण लामिछानेको अध्यक्षतामा सम्पूर्ण कार्यसमिति निर्विरोध चयन गरेको थियो।

निर्वाचित कार्यसमितिको नामावली यसप्रकार छ :  कृष्ण लामिछाने अध्यक्ष, गोपाल कँडेल प्रथम उपाध्यक्ष, माया ढुंगाना महिला उपाध्यक्ष, गोकर्ण दाहाल उपाध्यक्ष, भीम ओली, उपाध्यक्ष छवि पाण्डे सचिव, थोमस बास्कोटा उपसचिव, नेत्र पाण्डे उपसचिव, कृष्ण आचार्य उपसचिव, गोविन्द खनाल उपसचिव

सदस्यहरु : मणि भण्डारी, भुवन अधिकारी, डिबी रावत, अजय कुशवाह, प्रकाश बस्नेत, प्रचण्ड श्रेष्ठ, सुनिल कुमार ताम्राकार, रामकृष्ण बजगाईं, उपेन्द्र रावत, केदार पहारी, भिष्म आचार्य, दुर्गा बिक, नारायण ढुंगाना, दीपक सापकोटा, दीपक पाण्डे, विजय बगाले, शिव अधिकारी, घनश्याम खनाल, मोहनी डुम्रे र शंकर लुंगेली रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *